काठमाडौँ । भक्तपुरमा रहेको बाल सुधार केन्द्रबाट एक सय बढी बालबालिका भागेका छन् । हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् ।
सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको नियन्त्रणमै ४२ जना बालिका र ३३ जना रहेका छन् । अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । बाँकी फरारहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
FACEBOOK COMMENTS