काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन दिएको आदेशलाई काठमाडौं महानगरले अटेर गरेको छ ।
महानगरलका मेयर बालेन्द्र शाह (बालेन) टुकुचा खोला माथि बनेका संरचना भत्काउन थालेपछि उच्च अदालतले आइतबार यस्तो आदेश दिएको थियो ।
अदालतको सो आदेशलाई अटेर गर्दै महानगरले सोमबार पनि टुकुचा उत्खनन अभियानलाई जारी रखेको छ । आज सोमवार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।
महानगरले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो ।
महानगरले बिहीबारदेखि टुकुचा उत्खनन गर्न सुरु गरेको थियो । बिहीबार जयनेपाल हल परिसरमा डोजर चलाउँदा टुकुचा भेटिएको थियो ।
यस्तै महानगरले हात्तिसारको लक्ष्मि बैंक परिसर लगायत ठाउँमा डोजर चलाइसकेको छ ।
महानगरले यो अभियान जारी राख्ने जनाएको छ ।
FACEBOOK COMMENTS