काठमाडाैं । पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगी संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । कोरोनाको झल्को दिने गरि डेंगीका बिरामी बढ्दै गएकोप्रति जनस्वस्थ्यविद्हरुले पनि चिन्ता व्यक्त गर्न थालेका छन् ।
दिन प्रतिदिन बढ्दै गएको डेंगीका कारण दर्जन बढी मानिसले ज्यान पनि गुमाइसकेका छन् । यसरी प्रकाेपको रुपमा फैलिरहेको डेंगीको नियन्त्रणमा काठमाडौं महानगरले कुनै चासो दिएको छैन् ।
देशका विभिन्न पालिकाहरुले डेंगी संक्रमण नियन्त्रण गर्न विभिन्न कदम चालेका छन् । यता काठमाडौं महानगरका मेयर बाले शाह भने डेंगीले महामारिको अवस्था निम्तिसकेको अवस्थाबारे कुनै चासो देखाएका छैनन् ।
उनी सस्तो लाकप्रियताका लागि केवल डोजर लिएर मात्र हिडेका छन् ।
काठमाडौं जिल्लाभित्र नै पर्ने काठमाडौं महानगरको छिमेकि नगरपालिका चन्द्रगिरिले नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखि डेंगीको परिक्षण नि:शुल्क गरेको छ । त्यसैगरि ललितपुर महानगरले पनि नि:शुल्क डेंगी परिक्षण गर्ने भएको छ ।
तर, यता काठमाडौं महानगरले भने यसबारे वास्तै गरेको छैन् ।
जनताको स्वास्थ्य भन्दा ठुलो अरु केहि पनि हुदैन् । जनता स्वास्थ्यलाई पहिलो प्रथमिकता दिनुपर्ने यो महामारिको घडिमा बालेनले वेवास्था गर्नु आश्चर्यजनक छ ।
मेयर बालेनलाई यसबारे कसैले सल्लाह नै नदिएका हुन या उनले सल्लाह नलिएका हुन् त्याे उनकाे कुराे हाे । तर, जनस्वास्थ्यमा थाेरै चासाे दिनुपर्ने उनकाे कर्तव्य हाे ।
FACEBOOK COMMENTS