काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पछिल्लो समय एक पछी अर्को स्टाटस लेख्दै आएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफुलाई मेयर पदबाट राजीनामा माग आएको र यो देश कहिल्यै बन्दैन् भन्ने आशयसहितको टिप्पणी व्यक्त गरेका थिए ।
दिउँसो त्यस्ताे लेखेका साहले त्यसको ६ घण्टा पछी अर्थात बेलुका “अटल, अजर, अडिग, निडर । कसैले सक्दैन्” भन्ने िटप्पणी राखेका थिए ।उनको स्टाटसको आशय राजीनामा गराउन कसैले नि सक्दैन् भन्ने हो ।
उनले लेखेको स्टाटसप्रति धेरैेले टिप्पणी गरेका छन् । यस्तो लेखाईले बालेनका समर्थकलाई भने केही निराशा पक्कै थपेको छ । कतिले साहलाई नडराउनु ,जनता तपाईको साथमा छ, कसैले पद छोड, भनेर छोड्ने हो र ? तपाईलाई जनताले जिताएको हो । भन्दै साहलाई समर्र्थन गरेर हतोत्साही नहुन पनि आग्रह गरेका छन् । कसैले “बालेन बौलाएछ , झयाप हो कि के हो ?” समेत भनेका छन् ।
त्यसो त बालेनले आफनो बोली अलि सुधार गर्नुपर्नै देखिन्छ महानगरको बैठकमा पनि रविबारे उनले भटेको भोली पल्ट “गृहमन्त्रीको पद चिप्लीएछ” भन्दा यसबारे पनि साह आलोचनाको सिकार भएका थिए। साहले कसैले केही भन्यो कि सामाजीक सञ्जाल मार्फेत विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।
FACEBOOK COMMENTS