काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ुबालेनुले भारतलाई काउन्टरस्वरूप आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् ।
महानगर स्रोतका अनुसार भारतले नेपाली भूमि समेटेर हालै जारी गरेको ‘अखण्ड भारत’ नामक नक्साको विरोधस्वरूप बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।
स्रोतले इकागजलाई पठाएको फोटोमा ‘ग्रेटर नेपाल’को नक्सा राखेको देख्न सकिन्छ । ‘ग्रेटर नेपाल’ नक्सामा पूर्वमा टिस्टादेखि पश्चिममा सतलसम्मको भूमि समावेश गरिएको छ ।
भारतको हालै नवउद्घाटित संसद् भवनमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखिएको छ । भारतको यस कदमको अहिले नेपालमा व्यापक विरोध भइरहेको छ ।
FACEBOOK COMMENTS