काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालय परिसरमा रहेको चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
काठमाडौं प्लाजास्थित नारायणी चमेना गृहले बासी पकौडा बेचेको भेटिएपछि महानगरको बजार अनुगमन महाशाखाले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
अनुगमन समितिले उक्त चमेना गृहले बासी पकौडा बेचेको भेट्टाएको थियो । त्यसैगरी खानेकुरा पकाउने तेल कयौँ पटक प्रयोग गरेको भेटिएको पनि महानगरले जनाएको छ ।
FACEBOOK COMMENTS