काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले भुटानसँग अझै सुन्दर र बलियो सम्बन्ध बनाउन चाहेको बताएका छन् ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले सामाजिक सञ्जाल एक्समार्फत दिएको बधाईमा प्रतिक्रिया जनाउँदै बालेनले सुन्द देश भुटानसँग अझै सुन्दर र बलियो सम्बन्ध बनाउन चाहेको बताएका हुन् । उनले भनेका छन्- ‘यति सुन्दर देश भुटानसँग सुन्दर र बलियो सम्बन्धको अपेक्षा गर्दछौं सम्माननीय प्रधानमन्त्री छेरिङ तोब्गे ।’
तोब्गेले निर्वाचनमा विजय प्राप्त गरेकोमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई बधाई दिँदै आगामी दिनमा दुई देशबिच अझै न्यानो सम्बन्धको अपेक्षा गरेको बताएका थिए ।
FACEBOOK COMMENTS