काठमाडौं । फागुन २१ को निर्वाचन परिणाम अनुसार आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्री नियुक्त गरेका बालेन्द्र साहले भर्खरै पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेका छन् । साथै, उनले आफ्नो मन्त्रिमण्डल पनि करिब–करिब पूरा गरेका छन् ।
जस अनुसार अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्र मन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री खडक पौडेल, शिक्षा मन्त्री सस्मित पोखरेल,स्वास्थ्य मन्त्री निशा मेहताको वरीयता छ ।
यस्तै, सञ्चारमन्त्री विक्रम तिमल्सिना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानूनमन्त्री सोविता गौतम, कृषि मन्त्री गीता चौधरी, श्रम मन्त्री दिपक साह र महिला बालबालिका मन्त्री सीता वादीको वरीयता छ ।

बालेनले लिए प्रधानमन्त्री पदको शपथ
FACEBOOK COMMENTS