सिरहा । सिरहामा चुनावी अभियानका क्रममा नेपाली काँग्रेसका समर्थक र रास्वपाका वरिष्ठ नेता बालेन शाहको समुहबीच जम्काभेट भएको छ । काँग्रेसका कार्यकर्ताले बालेनतर्फ हात हल्लाउँदै अभिवादन गरेका थिए ।
बालेन पूर्वका विभिन्न जिल्लाको चुनावी अभियान सकेर आजदेखि मधेस प्रदेशमा पुगेका छन् । उनले सप्तरीको राजविराज पुगेर गजेन्द्र चोक पुग्दा स्वर्गीय नेता गजेन्द्र नारायण सिंहको सालिकमा गाडीबाटै माला फ्याकेका थिए ।
उनी पार्टी कार्यालय नरोकी गाडीबाटै हिँडेका कारण उनलाई भेट्न भेला भएका नेता–कार्यकर्ता र समर्थक निराश बनेका थिए । उनी सप्तरीको राजविराज हुदै सिरहा धनुषा जाने बताइएको छ । उनी हुलाकी मार्गबाट मधेसको पश्चिमी सीमा जिल्ला पर्सासम्म पुग्ने कार्यक्रममा रहेको बताइएको छ ।
FACEBOOK COMMENTS