काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई भेट्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्री साहलाई भेट्न उनी हिजो सोमबार प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।
प्रधानमन्त्री र गभर्नरबीचको भेटघाट तथा छलफलमा अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्यादेखि रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्रको अवस्थालगायत विषयवस्तुमा लामो छलफल भएको बताइएको छ ।
भेटमा राष्ट्र बैंकलाई परेको समस्या सुल्झाउन सरकारले के गर्नुपर्छ भनेर प्रधानमन्त्री साहले चासो व्यक्त गरेको र गभर्नर पौडेलले रिक्त डेपुटी गभर्नर नियुक्ति चाँडो गरिदिन आग्रह गरेका थिए । झण्डै एक महिनादेखि डेपुटी गभर्नर रिक्त हुँदा काम गर्न असजिलो भएको पौडेलको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको गत चैत २४ गतेदेखि रिक्त छ ।

FACEBOOK COMMENTS