काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले सिंहदरबार र सर्वोच्च अदालतलगायत ऐतिहासिक संरचना जलाउनेहरूलाई पानी बाँडेर प्रोत्साहित गरेको बताएका छन् ।
आज आइतबार पत्रकार सम्मेलन गरी उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह उर्फ ‘बालेन’प्रति आक्रोश व्यक्त गर्दै भदौ २३ र २४ को मानवीय तथा भौतिक क्षतिको ग्राण्ड डिजाइनर बालेन भएको आरोप लगाएका छन् ।
‘सिंहदरबार र सर्वोच्च अदालत जस्तो सम्पदामा आगो लागिरह्यो । म खरानी हुनबाट जोगिउँ भनेर सिंहदरबार र सर्वोच्च अदालत रोइरह्यो, तर बालेनका नगर प्रहरीले पानी ल्याएर आगो लगाउनेलाई बाँडे । तर, उहाँ (बालेन) ले दमकल पठाउनुभएन । मेरो चित्त दु:खाइको विषय त्यहाँ हो । त्यसकारण यो सबै कुरा ग्राण्ड डिजाइनमा भएको छ,’ प्रसाईँले भने ।
FACEBOOK COMMENTS