काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सोमबार चुनाव प्रचारका सिलसिलामा सुदूरपश्चिम जाने भएका छन्।
उनी सोमबार नेपालगन्ज हुँदै कैलाली पुग्ने कार्यक्रम रहेको रास्वपाले जानकारी दिएको छ।
उनी कैलाली क्षेत्र नं २ मा आयोजना हुने चुनावी सभामा सहभागी बन्नेछन्। रास्वपाबाट कैलाली २ मा बालेन निकट केपी खनाल उम्मेदवार छन्। कैलालीबाट बालेनले सुदूरपश्चिमका केही पहाडी जिल्लाको भ्रमण गर्ने रास्वपाले जानकारी दिएको छ।
काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर झापा ५ बाट उम्मेदवारी दिएका बालेनले यसअघि पूर्वी पहाडी जिल्लामा चुनावी अभियान पूरा गरेका छन्। उनी
पाथीभरा मन्दिर पुगेर संखुवासभा र तेह्रथुम हुँदै काठमाडौँ फर्किएका छन्।
झापामा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट चुनावी मैदानमा छन्। उनी रास्वपाका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार पनि हुन्।

FACEBOOK COMMENTS