काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आलोचना गरेको भन्दै पक्राउ परेका युट्युबर रोशन पोखरेललाई प्रहरीले छाडेको छ ।
प्रधानमन्त्रीलाई गालीगलौज गरेको भन्दै पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत पाँचथरबाट १० दिन म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको थियो ।
तर, गाली गरेकै भरमा उनलाई पक्राउ गरिएपछि धेरैले आलोचना गरेका थिए ।
सरकारविरुद्ध आवाज चर्किँदै गएपछि पोखरेललाई छाडिएको हो । प्रहरीका अनुसार उनलाई हजुरआमाको जिम्मा लगाएर छाडिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको आरोपमा युट्युवर पक्राउ
