काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधामन्त्री बालेन्द्र साह र मन्त्रीहरूको मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) चेक गर्नुपर्ने टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री, सरकारमा बसेका सबै मन्त्री र सांसदहरुको हरेक दिन मापासे र लापासे चेक गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरुको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागू पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ ! सांसदहरुको पनि गर्नु पर्छ ! देशको स्वास्थका लागि यो अनिवार्य छ !’
FACEBOOK COMMENTS