धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको धनगढीमा भव्य स्वागत भएको छ ।
मंगलबार बर्दियाबाट धनगढी आएका बालेनलाई स्वागत गर्न हजारौं समर्थकहरू भेला भएका थिए । जसका कारण उनी पार्टीको सम्पर्क कार्यालयभित्र प्रवेश गर्न सक्न सकेनन् ।
समर्थकको नाराबाजीका बीच उनी कार्यालय बाहिरै रोकिएर हात हल्लाउँदै अभिवादन गरेपछि भीड व्यवस्थापन सम्भव नदेखेपछि बालेन सिधै कञ्चनपुरतर्फ प्रस्थान गरेका छन् ।
कार्यतालिकाअनुसार उनी कञ्चनपुरको पुनर्वास हुँदै महेन्द्रनगर पुगेर त्यहाँ झलारी र महेन्द्रनगरमा आयोजित चुनावी सभामा सहभागी हुनेछन् ।
FACEBOOK COMMENTS