काठमाडौं । काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट ल्याउन नसकेपछि मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको कार्य क्षमतामा प्रश्न उठेको छ ।
देशभरका अधिकांश पालिकाहरुले आज असार १० गते बजेट ल्याउँदा देशको सबैभन्दा ठूलो महानगरले बजेट ल्याउन नसकेकोमा आलोचना भएको छ ।
काठमाडौंका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादका करण आज बजेट आउन नसकेको हो ।
अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ मा असार १० गते भित्र स्थानीय तहले आगामी आर्थिक बर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । ऐनको परिच्छेद ७ मा यस्तो व्यवस्था गरिएको छ ।
यस ऐनले तोकेको समयमा स्थानीय तहले बजेट नल्याएमा केन्द्र सरकारले उपलब्ध गराउँदै आएको अनुदान रोक्का गर्न सक्ने व्यवस्था गरिएको छ ।
FACEBOOK COMMENTS