काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)का निम्ति झापामा सम्पर्क कार्यालय खोलिएको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट प्रतिस्पर्धा गर्ने बालेनको तयारी छ ।
झापा–५ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।
त्यहाँबाट चुनाव जित्दै आएका ओलीसँग प्रतिस्पर्धा गर्ने बालेनको तयारी रहेको रास्वपा नेताले बताएका छन् ।

FACEBOOK COMMENTS