काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ लाई प्रधानमन्त्री बनाउन पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।
समानुपतिक सांसदको नाम टुङ्ग्याउन आज आइतबार बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता झाले साहलाई प्रधानमन्त्री बनाउने विषयमा आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गरेका हुन् ।
उनले बालेन साहलाई प्रधानमन्त्री बनाउने वा नबनाउने विषयमा पार्टीका तर्फबाट कतै बहस नगरिएको अवस्थामा सार्वजनिक सञ्चारमाध्यमहरूमा अन्यथा विश्लेषण नगर्न आग्रह गरेका छन् ।
उनका अनुसार स्वास्थ्य अवस्थाका कारण पार्टी सभापति रवि लामिछाने आजको बैठकमा अनुपस्थित भए । तर, भर्चुअल तरिकाबाट जोडिएका थिए ।
रास्वपाले टुंग्यायो समानुपातिक सांसद, कुन क्लस्टरमा कति ?

FACEBOOK COMMENTS