काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेश बस्याल नवनियुक्त प्रधानमन्त्री बालेन साहको निजी सुरक्षा गार्ड (पीएसओ) बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ देशको ४३औँ प्रधानमन्त्री नियुक्त भएका छन् । उनलाई आज शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
साइत अनुसार आजै दिउँसो १२:३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ ।

FACEBOOK COMMENTS