काठमाडौं । उच्च अदालत पाटनले नियमबमोजिम राखिएका डिजिटल बोर्डहरू जबरजस्ती नहटाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।
काठमाडौं महानगर प्रमुख बालेन र प्रहरी प्रमुख राजु पाण्डेले गुण्डागर्दी शैलीमा विभिन्न ठाउँका डिजिटल बोर्ड हटाएको भन्दै व्यवसायीले दायर गरेको रिटउपर उच्च अदालतले यस्तो आदेश दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेल र हेमन्त रावलको संयुक्त इजलासले शुक्रबार महानगरपालिकालाई अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै एसटीआर एडभरटाइजलगायत निवेदकले सञ्चालन गरेका डिजिटल बोर्ड यथावत सञ्चालन गर्न दिन भनेको हो ।
वल्र्ड ट्रेड सेन्टर, दरबारमार्ग, सुन्धारालगायतका मलहरूमा राखिएका बोर्ड महानगर प्रहरी बलका प्रमुख पाण्डेकै नेतृत्वमा जबर्जस्ती हटाउन थालिएपछि व्यवसायीले अदालत गुहारेका थिए ।
FACEBOOK COMMENTS