काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह झापा पुगेका छन् । चुनावी प्रचारप्रसारका लागि सोमबार बालेन्द्रसहितको टोली झापा गएको उनका सल्लाहकार कुमार बेनले बताए ।
६ माघमा झापा–५ मा मनोनय दर्ता गराएपछि केही दिन दमकमा बसेर उनले मतदातासँग भेट गरेका थिए ।
त्यसपछि पूर्वी पहाडी जिल्लाहरु घुमेका थिए । काठमाडौं फर्किएर उनी सुदूरपश्चिमका जिल्लाहरुमा समेत गएका थिए । अब केही दिन उनी दमकमै कार्यकर्ता भेटघाट गरेर बस्ने उनको सचिवालयले जनाएको छ ।
बालेन्द्र देश दौडाहमा रहेका बेला झापा– ५ मा उनकी पत्नी सबिना काफ्लेले समेत मतदातासँग भेट गरेकी थिइन् ।
FACEBOOK COMMENTS