काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई डीभी कार्यक्रम बन्द गर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा ‘तपाईंले हामीलाई हाम्रो देश तपाईंको देशभन्दा राम्रो छ भन्ने महसुस गराइदिनुभयो।’ भनेका छन् ।
‘हामी गरिब छौं किनभने हाम्रा जनता हाम्रो देश छोडिरहेका छन्,’ शाहले भनेका छन्, ‘तपाईं गरिब हुनुहुन्छ किनभने तपाईंका जनता तपाईंको देश बनाउन सक्दैनन् । तपाईंहरू अल्छी मानिसहरूलाई यसको लागि बाँकी विश्व चाहिन्छ।’
शाहले आफ्नो देशलाई विश्वबाट अलग गर्ने र विश्वलाई अगाडि बढ्न सल्लाह समेत दिएका छन् ।
अमेरिकाले नेपाललाई दिएको सहयोग बन्द गरेको र उक्त सहयोग ठगी भएको ट्रम्पको भनाइ सार्वजनिक भएपछि मेयर शाहले यस्तो सुझाव दिएका हुन् ।
FACEBOOK COMMENTS