काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्नको जवाफ लिँदै आफू भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने जानकारी गराएका छन् ।
उनले फेसबुकमा स्टाटस लेखेका छन्, ‘सरी केपी ओली’ म भ्रष्ट सिस्टमलाई सहयोग गर्न सक्दिन, जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’
सोमबार सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेयर शाह उपस्थित नभएको भन्दै कटाक्ष गरेका थिए । शाहले त्यसको जवाफ दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका थिए । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।
FACEBOOK COMMENTS