काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।
बुधबार बिहान करिब ९ बजेतिर आधा घण्टा कार्की र बालेनबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटकाक्रममा खासगरी जेन–जी आन्दोलनको मर्मअनुसार अगाडि बढ्न बालेनले प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको र सोहीअनुसार आफूले काम गरिरहेका पनि कार्कीले बताएकी थिइन् ।
भेटकाक्रममा बालेनका सचिवालयका केही व्यक्ति पनि सहभागी थिए। साथै प्रधानमन्त्री कार्कीका श्रीमान दुर्गा सुवेदी पनि छलफलमा सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS