काठमाडौँ । शनिबार निर्णायक वार्ता हुने भनिएको रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्व टिम बिचको निर्णायक वार्ता अनिश्चित भएको छ । शुक्रबार अबेरसम्म दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशतको पावर सेयरिङको प्रस्ताव राखेपछि वार्ता अनिश्चित भएको हो ।
‘हिजोको दुई पक्षीय बैठकमा बालेनको पक्षबाट ५०–५० प्रतिशत पावर सेयरिङको कुरा आयो त्यसमा सहमत हुन सकिएन, सभापति रवि लामिछानेलाई बनाउने र भावी प्रधानमन्त्रीमा बालेनलाई प्रस्ताव गर्ने मोटामोटी सहमति भएको छ ।
रास्वपा पक्षले आज बालनेसँग बस्ने भनिए पनि छलफलको कुनै टुङ्गो नलागेको श्रोतले बताएको छ । मंगलबार रातिदेखि रास्वपाका राजनीनिक वार्ता संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह, बालेन समूहबाट कुमार बेन, स्वकीय सचिव भूपदेव शाह लगायतले लगातार छलफल गरेपनि कुनै निष्कर्ष निस्किएको छैन ।
FACEBOOK COMMENTS