काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाह घण्टीघरमा पुगेर छोटै समयमा फर्किएका छन् ।
उनी १० मिनेटमात्रै त्यहाँ बसेका थिए । आजै जनकपुर जाने कार्यक्रम तय भएकाले धेरैबेर उनी नबसेको एक नेताले जानकारी दिए ।
उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो ।
“नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,” बालेनले भनेका छन् ।
FACEBOOK COMMENTS