काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा आज अर्को जाहेरी दिएको छ ।
यसअघि मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर मेयर बालेन र सुदनविरूद्ध जाहेरी दिएको भएपनि सो जाहेरीमा केरमेट भएको भन्दै प्रहरीले अगाडी नबढाउने बताएपछि अनेरास्ववियुका नेताहरु बुधबार फेरी परिसर पुगेर अर्को जाहेरी दिएका हुन् ।
भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो भने प्रहरीको पनि कुटपिटबाट मृत्यु भएको थियो । मेयर बालेन र हामी नेपालका सुदनको तोडफोड, आजगनी र प्रहरीको कुटपिट गरि मृत्यु भएको घटनामा कुनै न कुनै रूपमा भूमिका रहेको दाबीसहित अनेरास्ववियुले उजुरी दिएको बताइएको छ ।
बालेन र सुदनविरुद्ध आजै बिहान अधिवक्ता युवराज सफलले पनि परिसर पुगेर जाहेरी दिएका छन् । प्रहरीले सो जाहेरी दर्ता नगरेको र भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न बनाएको आयोगलाई पठाउने तयारी प्रहरीले गरेको बुझिएको छ ।
FACEBOOK COMMENTS