काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन्द्र साह ‘बालेन’ उनी हिजो
सुदूरपश्चिम पुगेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारका लागि उनी हिजो सुदूरपश्चिम पुगेका हुन् ।
आफू सुदूरपश्चिम पुगेको सङ्केत गर्दै उनले केहीबेर अघि फेसबुकमा लेखेका छन्, ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई !’
स्थान पहिचान नगरी हिउँमा उभिएको एउटा तस्बिरसहित राखिएको यो स्टाटसले अब म आइपुगेँ, सुदूरपश्चिम ढाटा हुन सक्दैन भन्ने सन्देश दिएको छ । साथै सुदूरपश्चिमलाई आफूले धेरै धेरै माया गर्ने पनि उनले उल्लेख गरेका छन् ।

