जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन् ।
आइतबार मात्र काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएपछि रास्वपाको केन्द्रीय कार्यालय पुगेका बालेन सभापति रविसँगै जनकपुर आइपुगेका हुन् ।
रवि, बालेनलगायतका नेताहरूलाई स्वागत गर्न विमानस्थलको गेटमा समर्थकहरूको ठूलो भिड लागेपछि धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको छ । रास्वपाले सोमबार जनकपुरधाममा विशेष सभा गर्दै चुनावी अभियानको शुरुवात गर्दैछ । सोहि कार्यक्रमक लागि रवि र बालेन जनकपुर पुगेका हुन् ।

FACEBOOK COMMENTS