काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को डेरामा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं बाँसवारीका ४२ वर्षीय मनीष राजवहाक, सिन्धुपाल्चोकका खिमबहादुर खड्का र धादिङका सञ्जय श्रेष्ठ छन् ।
उनीहरूलाई काठमाडौं प्रहरीको विशेष टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनीहरूले केही दिनअघि महाराजगन्जको चप्पल कारखानस्थित बालेनको कोठामा चोरी गरेका थिए ।
चोरी गर्ने समूहका तीनैजना यसअघिसमेत विभिन्न कसुरमा पक्राउ परेका आरोपी हुन् ।

उनीहरू भदौ २४ मा भएको जेनजी प्रदर्शनका क्रममा नक्खु कारागारबाट भागेका खुलेको छ ।

FACEBOOK COMMENTS