काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन्।
खाणसँगै सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डेले ३९क० प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका रामचन्द्र ढकालले ३९ख०बाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गरेलगतै गृहमन्त्री खाणले लोकतान्त्रिक परिपाटी र लोकतान्त्रिकविधिको पालनाको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । आज भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गृहमन्त्री खाणले पाँचदलीय गठनबन्धनका तर्फबाट साझा उम्मेदवारी दर्ता गरेका हुन् ।
FACEBOOK COMMENTS