काठमाडौँ ।गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताएका छन । रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट रक्षा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले क्षेमता बिकाशमा ध्यान दिने बताएका हुन । “सेनाको सङ्ख्या बढाउनेभन्दा पनि सेनाको क्षमता बढाउने कुरामा सरकरको ध्यान छ, उनीहरूलाई प्रविधियुक्त बनाइ स्रोत र मेसिनरी उपलब्ध गराउनमा सरकारको प्रयत्न छ,” खाणले भने ।
उनले सेनालाई संवैधानिक र कानुनले दिएको जिम्मेवारी पूरा गर्न संरचनालाई सोहीअनुसार विकास गर्न जरुरी रहेको पनि औँल्याए । सेनालाई थप व्यावसायिक बनाउने कुरामा सांसदबाट आएको सुझावको सराहना गरेको खाणको भनाई छ । उनका अनुसार मुलुकको रक्षाका साथै भौगोलिक कठिनता कारणले सामान्य हिसाबले निर्माण हुन नसक्ने विशेष प्रकारका निर्माणका काममा सेना परिचालित छ । विकास आयोजनामा प्रयोग हुने विस्फोटक पदार्थको सुरक्षा र व्यवस्थापन नेपाली सेनाको प्रत्यक्ष निगरानीमा हुँदै आएको छ । विशेष प्रकृतिका विकासमा कार्यमा अन्य मुलुकमा सेना परिचालन हुँदै आएको छ ।
हाल नेपाली सेनाले कठिन भूभागमा ३० सडक निर्माण गरेको छ । काठमाडौँ तराई द्रुतमार्गलाई तोकिएको समयमा सम्पन्न गर्न ११ खण्डमा विभाजन गरी काम भइरहेको गृहमन्त्री खाणले सदनलाई जानकारी गराए। सेनाले कोभिड महामारीका समयमा सात स्थानमा होल्डिङ सेन्टर निर्माण गरेको तथा दुर्ई हजार ३३ शव व्यवस्थापन गरेको तथा कोभिडका बेला आठ हजार ६२५ सैनिक सङ्क्रमित भएकामा १२ जनाको मृत्यु भएको उनले जानकारी दिए।
FACEBOOK COMMENTS