काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री बालकृष्ण खाँणको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।
उच्च अदालत पाटनमा आज बिहीबार भएको सुनुवाइ सकिएसँगै आदेशको तयारी भइरहेको बताइएको छ ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो ।
पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो ।
FACEBOOK COMMENTS