काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै हिजो शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा दुई युवाको ज्यान गएपछि सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।
प्रधानमन्त्रीसँगको परामर्शपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन् ।
ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय समेत भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रममार्फत जानकारी दिइसकेका छन् ।
बालकुमारीमा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित
FACEBOOK COMMENTS