काठमाडौं । मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा पक्राउ परेका ७३ जनालाई विना अभियोग रिहा गरिने भएको छ ।
गृह मन्त्रालयले रोजगारीका लागि विदेश जान लागेको उनीहरुको भविश्वमा पर्ने असरलाई ध्यानमा राखेर कुनैपनि मुद्दा नलगाई रिहा गर्न लागिएको जनाएको छ ।
गाडीमा आगजनी पछि भएको प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको हो । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको गृहमन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन् ।
FACEBOOK COMMENTS