काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू पनि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् ।
सत्तारुढ गठबन्धनका नेताहरू सरकार गठनको विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका थिए ।
एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटर पुगेका थिए ।
सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व पहिले कसले गर्ने विषयमा विवाद रहेको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफूले पहिलो पालीमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ । राष्ट्रपति सरकार निर्माणका लागि गरेको आह्वानको समय सीमा आज साँझ सकिँदैछ ।
याे पनि:
राष्ट्रपतिका लागि पाैडेलकाे दाैडधुप, गगन समूहको दवाबले पोल्टाको पनि गुम्ने खतरा
गठबन्धनमा दरार: प्रचण्डले एमाले कार्ड फाल्दा गैरबाम सरकारको तयारीमा देउवा
FACEBOOK COMMENTS