काठमाडौं । । ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध उजुरी गर्ने एक पीडितका बुवाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका किशोरीका बुवाको उपचारको क्रममा मृत्यु भएको हो । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका ९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो । बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन् ।
घाइते भएपछि जिल्ला अस्पताल, सिन्धुली लगिएका उनको उपचारको क्रममा मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले उनी जाहेरीकर्ताको बुबा भएको खबर आएको र त्यसलाई पुष्टि गरिरहेको बताए । प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । घटनालाई बमजमसँग पनि जोडेर हेरिरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS