काठमाडौं । बंगलादेशले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा पाकिस्तानलाई ११ रनले पराजित गरेर सिरिज जितेको हो ।
बंगलादेशले दिएको २९१ रनको लक्ष्य पछाएको पाकिस्तानले ५० ओभरमा अल आउट हुदै २७९ रन मात्र बनाए पछि खेल ११ रनले हारेको हो ।
पाकिस्तानका लागि सलमान आघाले १०६ रनको शतकीय पारी खेले पनि जित भने दिलाउन सकेनन । पाकिस्तानलाई अल आउट गर्ने क्रममा बंगलादेशका बलर ताक्सिन अहमदले ४, मुस्ताफिजुर रहमानले ३ विकेट लिएका थिए भने नहिद रानाले २ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले तानजिद हसनको १०७ रनको शतकीय पारीको मद्धतमा ५० ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो ।
योसँगै बंगलादेशले सिरिज २(१ ले जितेको छ । बंगलादेशले २०१५ पछि पहिलो पटक पाकिस्तानविरुद्ध एकदिवसीय सिरिज जितेको छ ।

FACEBOOK COMMENTS