ढाका । बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता मूल्य निरन्तर उच्च रहेकाले दोहोरो अंकको हाराहारीमा रहेको छ ।
बङ्गलादेशको तथ्याङ्क विभाग (बीबीएस) को पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीति मे महिनाको तुलनामा जुनमा मुद्रास्फीतिमा सामान्य कमी भएको अर्थात् ९ दशमलव ८९ प्रतिशतबाट ९ दशमलव ७२ प्रतिशतमा झरेको छ ।
बीबीएसले सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्य मुद्रास्फीति अघिल्लो महिना १० दशमलव ७६ प्रतिशत रहेकोमा जुन महिनामा केही घटेर १० दशमलव ४२ प्रतिशतमा झरेको छ ।
गैरखाद्य वस्तुको मुद्रास्फीति मार्चमा ९ दशमलव १९ प्रतिशत रहेकोमा जुनमा घटेर ९ दशमलव १५ प्रतिशतमा झरेको छ ।
आर्थिक वर्ष २०२३÷२४ (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म) मा देशको औसत मुद्रास्फीति ९ दशमलव ७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षको बजेट लक्ष्य ७ दशमलव ५ प्रतिशतभन्दा धेरै बढी हो ।
अघिल्लो आर्थिक वर्षमा बङ्गलादेशको समग्र मुद्रास्फीति ९ दशमलव ०२ प्रतिशत रहेको थियो । बङ्गलादेशको संसद्ले गत जुन ३० मा आर्थिक वर्ष २०२४÷२५ का लागि ७ दशमलव ९७ ट्रिलियन टाका (६८ अर्ब अमेरिकी डलर) को राष्ट्रिय बजेट पारित गरेको थियो ।
आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तावमा आर्थिक वर्ष २०७७÷७८ का लागि ६दशमलव५ प्रतिशत रहेको मुद्रास्फीति दरलाई संशोधन गरी छ प्रतिशत कायम गरिएको छ ।
FACEBOOK COMMENTS