ढाका । बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११ दशमलव ६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी बृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग (बीबीएस) ले सोमबार जनाएको छ।
मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मुल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्याङ्कले जनाएको छ । गत जुन महिनामा मुल्यवृद्धि दर ९ दशमलव ७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ ।
बीबीएसका अनुसार खाद्य मुल्यवृद्धि जुलाईमा १४ दशमलव १० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो ।
यसै गरी जुन महिनामा पनि खाद्य मुल्यवृद्धि दर १० दशमलव ४२ प्रतिशत थियो । गैर–खाद्य पदार्थको मुल्यवृद्धिदर पनि जुनमा ९ दशमलव १५ प्रतिशतबाट बढेर जुलाईमा ९ दशमलव ६८ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मुल्यवृद्धिदर बढेर ९ दशमलव ७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो । तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बङ्गलादेशको मुल्यवृद्धिदर ९ दशमलव ०२ प्रतिशत रहेको थियो ।
FACEBOOK COMMENTS