काठमाडौं । बंगलादेशले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७४ रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको २०८ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ३९ ओभरमा अल आउट हुदै १३३ रन मात्र बनाएको थियो । वेस्ट इन्डिजका लागि ब्राण्डन किंगले सर्बाधिक ४४ रन बनाए भने एलिक अथानाजले २७ र कप्तान शाइ होपले १५ रन बनाएका थिए ।
त्यसैगरी बंगलादेशका बलर रिशाद होसैनले सर्बाधिक ६ विकेट लिएका थिए । उनले ९ ओभरमा ३५ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै मुस्ताफिजुर रहमानले २ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको बंगलादेशले ४९।४ ओभरमा अल आउट हुदै २०७ रन बनाएको थियो । बंगलादेशका लागि टोवहिड हृदोयले सर्बाधिक ५१ रन बनाएका थिए भने महिदुल इस्लाम एनकोनले ४६ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिजका बलर जयदेन सील्सले ३ तथा रोस्टन चेज र जस्टिन ग्रीभ्सले २-२ विकेट लिएका थिए ।
यो जितपछि बंगलादेशले ३ खेलको सिरिजमा १(० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २१ मा हुने छ ।
FACEBOOK COMMENTS