काठमाडौँ । बंगलादेशमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले २९९ सिटमध्ये १३७ सिट जितेर बहुमततर्फ अग्रसर भएको छ ।
चुनावको नतिजाले पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ । रहमानले दुई सिटमा चुनाव लडे र दुवैमा जित हासिल गरेका छन् । उनी १७ वर्षपछि गत डिसेम्बरमा देश फर्किएका थिए ।
बंगलादेशको मिडिया डेली स्टारका अनुसार अहिलेसम्म १७७ स्थानको मतगणना सम्पन्न हुदा बीएनपीले १३७ स्थानमा जित हासिल गरेको छ भने जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११–दलीय गठबन्धनले अहिलेसम्म ३५ सिट मात्र जितेको छ ।
अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले ५ सिट जितेका छन् । अझै १२२ स्थानको नतिजा घोषणा हुन बाँकी रहेको छ । यस निर्वाचनमा ४८ प्रतिशत मतदान भएको थियो ।
FACEBOOK COMMENTS