एजेन्सी । बङ्गलादेशमा उत्पादन ठप्प हुने विश्वका शीर्ष कपडा ब्राण्डमध्येमा लेभिज र एच एण्ड एम थपिने भएको गार्मेन्ट युनियनका एक नेताले शुक्रबार बताएका छन् ।
बङ्गलादेशका तीन हजार ५०० गार्मेन्ट कारखानाहरूले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन् ।
यहाँका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ, जसमध्ये अधिकांश महिलाहरू छन् जसको मासिक ज्याला आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।
दर्जनौं कारखानाहरूमा हडतालमा सहभागी कामदारहरूले तोडफोड गरेका छन् भने सयौं कारखानाहरू मालिकहरूले तोडफोडबाट बच्नका लागि बन्द गरिदिएका छन् ।
“बङ्गलादेशमा धेरै ठूला कारखानाहरूले लगभग सबै प्रमुख पश्चिमी ब्रान्ड र खुद्रा विक्रेताहरूका लागि लुगाहरू बनाउँछन्,” बङ्गलादेश गार्मेन्ट्स एन्ड इन्डस्ट्रियल वर्कर्स फेडरेशन (बीजीआईडब्ल्यूएफ) का अध्यक्ष कल्पोना अक्टेरले एएफपीलाई बताए ।
यसमा ग्याप, वालमार्ट, एच एण्ड एम, जारा, इन्डिटेक्स, बेस्टसेलर, लेभिज, मार्क्स एण्ड स्पेन्सर, प्रिमार्क र एल्डी रहेका छन् । अख्तर ब्राण्डले बङ्गलादेशमा आफ्नो उत्पादनमा अवरोध पु¥याएकोबारे तत्काल कुनै पुष्टि गरेको छैन ।
विरोधप्रदर्शनका क्रममा कारखानामा क्षति पुगेका उत्पादकहरूले खरिदकर्ताबाट अर्डर गुम्ने डरले आफूले काम गर्ने ब्रान्डको नाम दिन आनाकानी गरिरहेका छन् ।प्रहरीका अनुसार एक सातासम्म चलेको प्रदर्शनमा कम्तीमा ३०० कारखाना बन्द गरिएका छन्, जसमा अहिलेसम्म दुई कामदारको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
अख्तरका अनुसार उनी नेतृत्वको युनियनले करिब ६०० प्रभावित कारखानाको गणना गरेको छ । राजधानी ढाका वरपरका औद्योगिक क्षेत्रका सडकमा हजारौं गार्मेन्ट मजदुरहरू भेला भएर शुक्रबार पनि विरोध प्रदर्शन जारी रहेको छ ।
“दुई प्रमुख निर्माताहरू हमीम र स्टर्लिंग समूहले कारखानाहरू पुनः खोल्ने प्रयास गर्दा हडतालमा सहभागी करिब तीन हजार कामदारहरूले आफ्ना सहकर्मीहरूलाई कारखानामा सेवामासामेल हुनबाट अवरोध गरेका थिए भने प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो,” प्रदर्शनको अनुगमन गरिरहेका एक प्रहरी निरीक्षकले नाम नबताउने शर्तमा एएफपीलाई बताए ।
प्रहरीका अनुसार त्यसपछि यी दुई कम्पनीले शुक्रबारका दिन बिदाको घोषणा गरे र उनीहरूका करिब २५ हजार कामदारहरू घर फर्किएका छन् ।
FACEBOOK COMMENTS