काठमाडौँ । बंगलादेश र नेदरल्याण्डस आइसीसी महिला टी–२० विश्वकपमा छनौट भएका छन् ।
काठमाडौँमा जारी ग्लोबल क्वालिफायर्सअन्तर्गतका पहिलो खेल जितेसँगै नेदरल्याण्डस र बंगलादेश महिला टी–२० विश्वकपमा छनौट भएका हुन् ।
बुधबारको खेलमा बंगलादेशले थाइल्याण्डलाई पराजित गरेको थियो भने बर्षाले प्रभावित खेलमा नेदरल्याण्डसले अमेरिकालाई डिएलएस मेथड अनुसार २१ रनले पराजित गरेको थियो ।
ग्लोबल क्वालैफायर्सबाट चार देश विश्वकपमा छनौट हुनेमा नेदरल्याण्डस र बंगलादेशले आफ्नो स्थान सुरक्षित गरेपछि बाँकी दुई स्थानका लागि स्कटल्याण्ड, आयरल्याण्ड, अमेरिका र थाइल्याण्ड प्रतिष्पर्धामा रहेका छन् ।
FACEBOOK COMMENTS