काठमाडौँ । बंगलादेशले भारतमा टी–२० विश्वकप नखेल्ने आफ्नो अडान दोहोरोएको छ । बंगलादेश क्रिकेट बोर्डम क्रिकेट खेलाडी र सरकारका खेलकुद सल्लाहकारसहितको बैठकले आफुहरु भारतको सत्ता श्रीलंकामै खेल्ने अडानमा कायमै रहने निष्कर्ष निकालेको हो ।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले आसीसीले आफुहरुको अनुरोधलाई अस्वीकार गरेको बताउदै २ करोड मानिसलाई बाहिर राखेर कसरी विश्वकप सफल हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले भने– ’आइसीसीले भारत बाहिर खेल आयोजना गर्ने हाम्रो अनुरोधलाई अस्वीकार गर्यो । हामीलाई विश्व क्रिकेटको अवस्थाको बारेमा कुनै जानकारी छैन । यसको लोकप्रियता घट्दै गइरहेको छ । उनीहरूले २ करोड मानिसहरूलाई गुमाउदै छन् । क्रिकेट ओलम्पिकमा हाम्रो जस्तो देश त्यहाँ जाँदैन भने, यो आइसीसीको असफलता हो ।’
आइसीसीले बुधबार बंगलादेशलाई दिएको २४ घण्टाको समय आज सकिदैछ । बंगलादेशले आफ्नो अडानमा कायम रहेकाले अब उसले विश्वकप गुमाउने सम्भावना बढेको छ । आइसीसीले बुधबार नै बंगलादेश भारत खेल्न नआएमा उसलाई विश्वकपबाट बाहिर राख्ने र उसको स्थानमा स्कटल्याण्डलाई सहभागी गराउने निर्णय गरिसकेको छ ।
बंगलादेशलाई टी– २० विश्वकपमा समूह सी मा रहेको छ । उसले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग सामना गर्नेछ । तीनवटै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिनेछ । साथै टोलीको अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS