काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल भिडन्तमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
खेलको मध्यान्तरसम्म नेपाल बङ्गलादेशसँग २–० गोल ले पछाडि परेको थियो भने खेलको दोस्रो हाफमा बङ्लादेश र नेपालले एक/एक गोल गरे । बङ्गलादेशका लागि सामसुनाहरले खेलको १३ औँ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ औँ मिनेटमा गोल गरिन् ।
तेस्तै खेलको ७० औँ मिनेटमा नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् । खेलको ७६ औँ मिनेटमा बङ्गलादेशकी श्रीमोतीले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्लादेशलाई ३–१ को जीत दिलाइन् । यस हारसँगै नेपाल प्रतियोगितामा दोस्रो भएको छ ।
FACEBOOK COMMENTS