२१ वटा वाणिज्य बैंकले जेठ मसान्तसम्ममा ६७ अर्ब २३ करोड नाफा गरेका हुन्।
जेठसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ। बैंकले ७ अर्ब ११ करोड नाफा गरेको छ। त्यसैगरी ग्लोबल आईएमई बैंकले ६ अर्ब ५० करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड नाफा गरेको छ।
कुन बैंकको नाफा कति?
नेपाल बैंकले ३ अर्ब ७ करोड, स्टान्डर्ड चाटर्ड बैंकले ३ अर्ब ११ करोड, हिमालय बैंकले ३ अर्ब २९ करोड, नेपाल एसबिआई बैंकले २ अर्ब ९ करोड, एभरेष्ट बैंकले ३ अर्ब ६ करोड, एनआईसी एशियाले ४ अर्ब ६३ करोड, माछापुच्छे बैंकले १ अर्ब ६८ करोड, कुमारी बैंकले २ अर्ब ९५ करोड, लक्ष्मी बैंकले १ अर्ब ६८ करोड, सिद्धार्थ बैंकले २ अर्ब २२ करोड, कृषि विकास बैंकले १ अर्ब ५६ करोड, सिटिजन्स बैंकले १ अर्ब ६८ करोड,, प्राइम कमर्सियल बैंकले ३ अर्ब २१ करोड, सनराइज बैंकले १ अर्ब ५९ करोड, एनएमबि बैंकले ३ अर्ब ३२ करोड, प्रभु बैंकले २ अर्ब ८९ करोड र सानिमा बैंकले २ अर्ब २५ करोड नाफा गरेका छन।
FACEBOOK COMMENTS