काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ ।
यो पुरस्कार बाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरि लगातार चौथो पटक पुरस्कृत भएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सो अवर्ड विभिन्न ४ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १. बैंकिङ्ग क्षेत्र (बाणिज्य बैंक समूह) २. वित्तीय क्षेत्र( अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु ) ३. शक्ति र उर्जा क्षेत्र ४.निर्माण क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार प्राप्त गरेको छ । गत शुक्रबार , काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।
FACEBOOK COMMENTS