काठमाडौँ । सिटिजन्स बैंकको नाफामा १० दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा २ अर्ब ५६ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले आर्थिक वर्ष २०७९र८० मा २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ नाफा कमाएको हो ।
गएको एक वर्षमा बैंकले थप २० करोड ८८ लाख १५ हजार रुपैयाँ नाफा वृद्धि गरेको हो । यस्तै गत आर्थिक वर्षमा बैंकले खुद ब्याज आम्दानी १७ दशमलव ३० प्रतिशतले र सञ्चालन नाफा १३ दशमलव ४२ प्रतिशतले वृद्धि गर्दै क्रमशः ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ र ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ कमाएको छ । जसका कारण बैंकको खुद नाफा पनि बढेको हो ।
तथापि, गत आर्थिक वर्षमा बैंकको खराब कर्जा (एनपीएल) दर बढेको छ । अघिल्लो आर्थिक वर्षमा औषत २ दशमलव २२ प्रतिशत रहेको बैंकको खराब कर्जाको दर २०८० असार मसान्तसम्ममा बढेर ३ दशमलव १९ प्रतिशत पुगेको छ । यसले बैंकको लगानी र नाफा दुबैमा जोखिम पुर्याएको छ ।
समीक्षा वर्षमा सिटिजन्स बैंकको वितरण योग्य नाफा ९८ करोड ६० लाख ७३ हजार रुपैयाँ रहेको छ भने बैंकको रिजर्भ कोष २४ दशमलव ५१ प्रतिशतले बढेर ६ अर्ब ७ करोड ४७ लाख नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसाले बढेर १५ रुपैयाँ ५९ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS