काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र प्राइम बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणका आधारमा यो वर्ष यी तीन वटा वाणिज्य बैंकका सेयरधनीले यो वर्ष लाभांश दिन नसक्ने देखिएको हो ।
आइतबार प्रकाशित वित्तीय विवरण अनुसार गत वर्षको नाफाबाट सबैभन्दा कम लाभांश दिने क्षमता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ । यो बैंकको लाभांश क्षमता ० दशमलव ४६ प्रतिशतमात्रै छ। गत वर्ष बैंकले ११ प्रतिशत लाभांश दिएको हो ।
त्यसैगरी, प्रभु बैंकको लाभांश क्षमता ० दशमलव ६४ प्रतिशत छ भने प्राइम बैंकको लाभांश क्षमता १ दशमलव ०६ प्रतिशत रहेको छ । हिमालयन र कुमारी बैंकको लाभांश क्षमता भने ऋणात्मक छ । गत वर्ष प्रभु बैंकले ८ प्रतिशत लाभांश दिएको थियो भने प्राइम बैंकले ९ दशमलव ९५ प्रतिशत लाभांश दिएको थियो ।
FACEBOOK COMMENTS